कावासोती । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदातासँग भेटघाट गरेर मत माग्न र आफ्ना योजना सुनाउन अहिले उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । यसैक्रममा नेकपा एमाले कावासोती दसले समेत घरदैलो अभियान जारी राखेको छ ।
कावासोती वडा नम्बर दसमा एमालेका वडा अध्यक्षका उम्मेदवार टेकनारायण महतोको नेतृत्वमा घरदैलो अभियान जारी छ । आज वडा नम्बर दस अन्तरगत मगरकोट चोकबाट ठुलोटोल हुँदै प्रत्येक टोल क्षेत्रमा वडा नं. दस एमालेको उम्मेदवारहरूले घरदैलो अभियान गरिरहेको वडा अध्यक्षका उमेदवार टेकनारायण महतोले बताउनुभयो । महतोले गत निर्वाचनमा पनि विजयी हासिल गरेर वडाको विकासका लागि दिनरात खटिनुभएको थियो ।
विगतको आफ्नो कार्यकालमा वडाको बाटोघाटो ( पूर्वाधार विकास ) शैक्षिक क्षेत्र र रोजगार सृजना गरेर युवालाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यमा काम गरेको र सफल समेत भएको उहाँले बताउनुभयो । त्यस्तै सुकुम्बासी समस्या समाधानमा आफू र आफ्नो पार्टी सधै लागि रहेको र सबै क्षेत्रको विकास गर्न जरुरी रहेकाले आफुले सोही अनुसार काम गरेको उहाँको भनाई छ । अब हुने निर्वाचनमा समेत उहाँले सूर्य चिन्हमा भोट हालेर आफूलाई जिताउन अनुरोध गर्नुभएको छ ।
यसपालि उहाँले वडाको समग्र विकासका लागि संकल्प र प्रतिबद्धता अघि सारेर मतदाता समक्ष भोट माग्नुभएको छ । बाटोघाटो मात्रै विकास नभई सामाजिक विकासले पनि ठूलो अर्थ राख्ने भएकोले सामाजिक विकास र रोजगारी सृजना गर्ने मुख्य उद्देश्य आफूले लिएको उहाँले बताउनुभएको छ ।
वडा अध्यक्ष उमेदवार महतो सहित सबै वडा सदस्यहरू घरदैलोमा हिँडेका छन् । घरदैलोमा जाँदा स्थानीय समस्याहरूको पहिचान हुने र भोलिका दिनमा त्यसको सम्बोधनका लागी समेत सहयोग मिल्ने भएकाले वडामा पुग्दा जनताले भनेका समस्यालाई समेत टिपोट गरेर जित भएपछि पुरा गर्ने सङ्कल्प साथ वडा नं. दसका उम्मेदवारहरू घरदैलोमा पुग्नुभएको छ ।