देवचुलीमा गठबन्धनका उम्मेदवारहरु टोलटोलमा, स्थानीयले भने खासै चासो दिएनन

बैशाख १९, देवचुली। आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनका लागि देवचुली वडा नं १७ मा नेपाली काँग्रेस र माओवादी केन्द्र (गठबन्धनका) उम्मेदवारहरु घरदैलोमा दौडिरहेको छन् ।

यति बेला वडाध्यक्ष पदका उम्मेदवार गोविन्द प्रसाद सापकोटा सहित वडा सदस्यका उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा हिडिँरहेका छन् ।

उम्मेदवारहरु घोषणा पत्र सँगै आफ्ना एजेण्डाहरु लिएर जनताको घरदैलोमा भोट सुरक्षित गर्न व्यस्त भएका छन् ।No description available.

उनीहरुले घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्ष रूपमा भेटघाट गरेर आफू र नेपाली काँग्रेसको टिमलाई जिताउनका लागि अपिल गरेका हुन् ।

यसपालिको निर्वाचनमा वडालाई सुखी र समृद्ध वडा बनाउने एजेण्डा सहित सापकोटा र वडा सदस्यका उम्मेद्वारहरु लागि परिरहेको नेपाली काँग्रेस देवचुली १७ ले जनाएको छ।No description available.No description available.No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search