चोरमारा । नेकपा एमाले नवलपुर जिल्ला कमिटी सचिव तथा मध्यविन्दु नगरपालिकाका मेयर पदका उम्मेदवार भिमलाल अधिकारीले एमाले नेतृत्वमा मात्रै समृद्ध मध्यविन्दु नगरपालिका निर्माण सम्भव भएको बताउनु भएको छ ।
आईतबार मध्यविन्दु–६ का स्थानीय संगको घरदैलोमा पुग्नु भएका अधिकारीले विगतको पाँच वर्षमा नगरबासीको अपेक्षा अनुसारको बिकास र समृद्धि हासिल नभएको भन्दै एमालेको नेतृत्वमा मात्रै समृद्ध मध्यविन्दु सम्भव रहेको बताउनु भएको हो । उहाँले समृद्ध मध्यविन्दु निर्माणको लागि नेकपा एमाले संग स्पष्ट योजना रहेको बताउनुभयो । नगरपालिकाको भूगोल, आर्थिक सामाजिक अवस्थिति सबै पक्षको अध्ययनबाट नगरपालिकालाई समृद्ध बनाउने योजना तयार भएको बताउनुभयो ।
मध्यविन्दु नगरपालिकामा एमाले नेतृत्व बिजयी भएपछि बजेट विनियोजन गर्दा पहिलो प्राथमिकतामा शिक्षा क्षेत्र रहने बताउनुभयो । नगर भित्रै उत्कृष्ट शिक्षा, प्राविधिक विद्यालय सञ्चालन एमाले नेतृत्वको नगर सरकारको हुने उहाँले बताउनुभयो । शैक्षिक क्षेत्रको बिकासबाट समृद्ध मध्यविन्दु निर्माणको आधार तय हुने उहाँले बताउनुभयो । नगरपालिकामा स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, पर्यापर्यटन, कृषि उत्पादन सहित विभिन्न क्षेत्रलाई प्राथमिकिकरण गरे नगर बिकासको लागि गुरुयोजना नै तयार गरिने उहाँले बताउनुभयो ।
स्थानीय भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या सामाधानमा एमाले सरकार सदैव प्रतिबद्ध रहेको उहाँले स्मरण गर्नु भयो । केपी ओलि नेतृत्वको सरकारको समयमा देवी ज्ञवाली नेतृत्वमा गठन भएको आयोगले लगत संकलन सहितको कार्यहरु गरेको सम्पन्न गरि सकेको अवस्थामा वर्तमान गठबन्धन सरकारले आयोगको विघटन गर्दा आजको अवस्था आएको उहाँले बताउनुभयो । अब स्थानीय सरकारको नेतृत्वमा एमाले पुग्न साथ स्थानीय कानुन निर्माण गरेर भएपनि यहाँका भूमिहिन सुकुम्बासीहरुको समस्या सामाधान गरिने बताउनुभयो ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुदै गर्दा कुनै पनि किसिमको प्रलोभन र आश्वासनमा नपर्न आग्रह गर्दै उहाँले नगरबासी मतदाताले दिने प्रत्यक भोटले समृद्ध मध्यविन्दु निर्माणको जग तय गर्ने हुदा सूर्य चिन्हमा मतदान गरि आफु र एमालेका सबै उम्मेदवारलाई बिजयी बनाउन आग्रह गर्नुभयो ।
कतिपय स्थानमा निश्चित रकममा मत खरिद बिक्रि हुने चर्चा समय समयमा हुने गरेको स्मरण गर्दै उहाँले सिमित रकमले आफु र आफ्नो सन्नतिको भविश्य माथि खेलवाड गर्न नहुने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक दिनको भोज र सिमित रकमको लोभमा पाँच वर्ष र सिंगो भविश्यलाई अन्धकारमा धकल्न नहुने उहाँको भनाई थियो । उहाँले आज नै मध्यविन्दु नगरपालिकाको बिभिन्न वडाका मतदाताहरु संगपनि भेटघाट गर्नु भएको छ ।
मातृशोकमा रहनु भएका अधिकारी आज मात्रै धार्मिक बिधि अनुसारको कर्म सम्पन्न गर्नु भएको छ । उहाँ यस अगाडी मध्यविन्दु ७ र ८ को घरदैलो समेत गर्नु भएको थियो ।
नेकपा एमालेले मध्यविन्दु नगरपालिकामा आफ्ना सबै उम्मेदवारलाई विजयी बनाउनको लागि आवश्यक रणनीति तय गरी चुनावी अभियानलाई अगाडी बढाएको एमाले मध्यविन्दु इञ्चार्ज बाबुराम पाण्डेले बताउनुभयो । सबै वडाहरुमा चुनावी अभियानहरु तिब्रताको साथ अगाडी बढेको उहाँले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकामा एमालेको तर्फबाट मेयर पदको उम्मेदवारमा भिमलाल अधिकारी र उपमेयर पदको उम्मेदवारमा पूर्णकला चौधरी रहनु भएको छ