दमौलीः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्ने बताएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।
राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै उनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको बताए ।
भ्रष्टाचारमुक्त बनाउने काम सजिलो काम नभएको भन्दै अध्यक्ष लिङ्देनले यसमा सबैको सामूहिक सङ्कल्प आवश्यक रहेको बताए ।
Post Views: 246