कावासाेती । स्थानीय तहकाे निर्वाचन लक्ष्यित गरि दलहरु घरदैलोमा जुटका छन् । आफ्ना घाेषणा पत्रमा लेखिएका याेजना सुनाउदै उम्मेदवार मतदाताकाे घरदैलोमा पुगिरहेका छन् ।
कावासाेतीमा एमालेका मेयर पदका उम्मेदवार विष्णुप्रसाद भुसाल समेत घरदैलो अभियानमा जुट्नु भएको छ । घरदैलोमा आफ्ना याेजना सुनाउने मात्रै हैन जनताका हरेक समस्या बुझ्न सकिनेहुँदा भाेलीका दिनमा थप याेजना निर्माण र कार्य गर्न सहजता मिल्ने मेयर पदका उम्मेदवार विष्णुप्रसाद भुषालले बताउनुभयो ।
मुख्यतः सुकुम्बासी समस्या समाधान ,नदि कटान नियन्त्रण ,स्वास्थ्य ,प्राविधिक शिक्षामा जाेड,कृषिमा अनुदान ,पर्यटन क्षेत्रकाे विकास सहित आर्थिक विकासमा आफ्नो जाेड रहने भुषालले बताउनुभयो ।
यसबाहेक पुर्वाधार विकासमा समेत आफुले काम गर्ने उहाँकाे भनाइ छ। समग्रमा कावासाेतीकाे विकास,समृद्धि , शुसासन ,जनताकाे गुणस्तरीय जिवनयापनमा कायमका लागि आफू सदैब लाग्ने जनतालाई विश्वास दिलाउदै घरदैलोमा पुगिरहेकाे मेयर पदका उम्मेदवार विष्णुप्रसाद भुषालले बताउनुभयो ।
घरदैलोमा मेयर सहित एमालेबाट उप मेयर पदमा उम्मेदवार बन्नुभएका फुलकुमारी थनेत समेत पार्टीकाे प्रतिबद्वता जनतालाई बुझाउदै घरदैलोमा हिड्नु भएकाे छ।