गैँडाकोट । नारायणी नदीमा डुबेर गैँडाकोट ५ का एक पुरुषको मृत्यु भएको छ । गैँडाकोट ५ राधाकृष्ण चोकका ३५ वर्षिय गणेश बोटेको नारायणी नदीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटलेजनाएको छ
शनिबार दिउँसो साढे १ बजे गैँडाकोट ५ स्थित राधाकृष्ण मन्दिर नजिक नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएको बोटेलाई प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गरी उपचारका लागि भरतपुर पठाईएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँगै अन्य तीनजना साथीहरु समेत माछा मार्न गएका थिए । सँगै पानीमा डुबेका साथीहरुले लामो समयसम्म पनि ननिस्किएपछि वेपत्ता भएको ठहर गरेको स्थानीयले जनाएका छन् । शव पोष्टमार्टमाका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Post Views: 336