भरतपुर ९ की वडासदस्य उमेदवार आचार्यको उमेदवारी खारेज

भरतपुर । भरतपुर महानगरपालिका वडा नं ९ को महिला सदस्यमा उमेदवारी दिएकी बालकुमारी आचार्यको उमेदवारी खारेज भएको छ । राष्ट्रिय जनमोर्चाबाट उमेदवारी दिएकी ६१ बर्षीय आचार्यको उमेदवारी खारेज भएको हो ।

उनी विरुद्ध परेको उजुरी छानबीन गर्दा आचार्य प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उमेदवारको बन्दसुचीमा नाम कायम रहेको देखिएपछि महानगर अन्तर्गतको मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search