भरतपुरमा गठबन्धनबाट जसपा बाहिरिनुको रहस्य !

भरतपुर । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट जसपा बाहिरिएको छ । यसबाट गठबन्धनलाई असर पर्ने देखिन्छ।

गठबन्धनको बैठकमा नबोलाइएको र २९ वटै वडामा अध्यक्षसहित सदस्यहरुमा एकलौटी रुपमा बाँडफाँड गरिएकाले गठबन्धनबाट बाहिरिएको जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले बताए । उनले भने, ‘हामी भरतपुरमा पाँच दलीय गठबन्धनमा छैनौँ ।’

गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावना विपरित अन्य दल गएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search