
गैँडाकोट । गैँडाकोट १० मा पनि नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुले गठबन्धनको विरोध जनाएका छन् । गठबन्धनमा राष्ट्रिय जनमोर्चाले गैँडाकोट १० को वडा अध्यक्ष प्राप्त गरेको छ । काँग्रेसका क्रियाशीलहरुले काँग्रेस बलियो अवस्थामा हुँदा हुँदै पनि नेतृत्व अरुलाई सुम्पनु लज्जाको विषय भएको बताउँदै विरोध गरेका हुन् ।

विरोध स्वरुप गैँडाकोट १० का वडा सभापति प्रेम खरेलकै घर अघि उनिहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । गैँडाकोट १० को नेतृत्व नेपाली काँग्रेसकै पक्षमा रहनुपर्दछ भन्दै वडा सभापतिलाई गठबन्धन नगर्न दबाब दिन क्रियाशील सदस्यहरुले विरोध गरिएको क्रियाशील सदस्यहरुले बताएका छन् ।
Post Views: 119