कावासोतीमा नेकपा एमालेबाट नगर प्रमुखमा विष्णु भुसाल उमेदवार

कावासोती – नवलपुरको कावासोतीमा नेकपा एमालेबाट नगर प्रमुखमा विष्णु भुसालले उमेदवारी दिने भएका छन् ।

एमाले स्रोतका अनुसार कावासोतीमा एमालेले नगर प्रमुखमा विष्णु भुसाल र नगर उपप्रमुखममा फूलकुमारी महतोलाई उमेदवारको रुपमा अघि सारेको छ । त्यसैगरी गैडाकोट नगरपालिकाबाट छत्रराज पौडेललाई उमेदवारको रुपमा अगाडि सारेको छ । एमालेले गैडाकोट र कावासोतीमा भोलि मात्र मनोनयन दर्ता गर्ने जनाएको छ ।

एमालेले यस अघि मध्यविन्दुबाट नगर प्रमुखमा भिमलाल अधिकारी, हुप्सेकोट गाउँपालिका अध्यक्षमा चेतन राना, बौदीकाली गाउँपालिका अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा डिलकुमारी सारुले उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search