देवचुलीका चर्चित कांग्रेस नेता ओझा एमाले प्रवेस

डि आर क्षेत्री, देवचुली । स्थानीय तहकाे निर्वाचनकाे सरगर्मि वढिरहदा देवचुली-१, केउरेनिका सुवास चन्द्र ओझा आज एक कार्यक्रमका बिच नेकपा एमाले प्रवेश गरेका छन् । मुलत पार्टिभित्र देखिएकाे किचलाेकाे , पछिल्लो समय पार्टी उर्पयुक्त सैद्धान्तिक पक्षमा बिचलित र दिग्भ्रमित भएको महसुस गरेकाे र पार्टि विचार र सिद्धान्तका लागि राष्ट्रियताकाे मुद्दामा एकढिक्का भएर लागेकाे नेकपा एमाले पार्टि नै उपयुक्त ठानि आज प्रवेश गरेकाे कार्यक्रममा बाेल्दै ओेझाले बताएका छन् ।
नेकपा एमाले स्थापनाकाे ७४ ओैं स्थापना दिवसकाे अवसरमा नेकपा एमाले वडा कमिटि वडा नं १ काे आयाेजनामा वृद्ध वृद्दा सम्मान कार्यक्रम समेत गरेकाे थियाे ।


कार्यक्रमका प्रमुख अतिथि नवलपुर जिल्ला ईन्चार्ज सांसद तिलक महतले अविर , टीका र खादा लगाएर पार्टिमा प्रवेस गराउनु भएको थियाे । ओझा नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि , तरुण दल गण्डकी प्रदेश विभाग सदस्य , तरुण दल नवलपुरका सदस्य समेत रहेका थिए । ओझा सहित नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि टेक बहादुर गुराै , क्रियासिल सदस्य श्याम वहादुर थापा , दुर्गा थनेत लगायत ९० जना पार्टि प्रवेश गरेका छन् । नव प्रवेशी हरुलाई स्वागत गर्दै सांसद महतले पार्टिमा सहि र उचित स्थान दिईने वताउनुभएकाे छ ।
यसै विच नेकपा माओवादी केन्द्र का नेता मिना थापा र ईन्दिरा बुढाथोकी पनि आज नै नेकपा एमाले प्रवेश गर्नुभएको छ । समाराेहमा नेकपा एमाले केन्द्रीय सदस्य तथा पार्टि नवलपरासिका सह ईन्चार्ज त्यस्तै केन्द्रीय सदस्य रविन्द्र अधिकारिकाे समेत उपस्थिति रहेकाे थियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search