केन्द्रको परिपत्रभन्दा बाहिर गएर कुनै पनि गतिविधि नगर्नू : सभापति खनाल

चितवन । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल र गोष्ठी नगर्न/नगराउन आग्रह गरेका छन्। पार्टी सभापति राजेश्वर खनालले पार्टीका सबै तह, तप्काका नेता तथा कार्यकर्ताहरुलाई केन्द्रको निर्णयविरुद्ध नजान आग्रह गरेका हुन्।

आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएको अवस्था र नेपाली काङ्ग्रेसले गठबन्धनलाई आत्मसात् गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै नेपाली काङ्ग्रेसको केन्द्रीय परिपत्रअनुसार चितवन काङ्ग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अगाडि बढ्नेसमेत उनले बताए।

पाँच दलीय गठबन्धनको विरोध गर्दै काङ्ग्रेस चितवनले भरतपुरमा प्रमुख पद नछाड्ने अडान लिए पनि अन्ततः केन्द्रको निर्णय मान्न बाध्य भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search