देवचुली नगरपालिकामा जम्मा ५ सय ५८ मात्र बेरोजगारी ???

नवलपुरको देवचुली नगरपालिकामा ५ सय ५८ जना बेरोजगारी रहेका छन् । देवचुली नगरपालिकाका १७ वटा वडाका २ सय ७७ महिला र २ सय ८१ पुरुष गरि ५ सय ५८ बेरोजगारी रहेका छन् । देवचुली वडा नं १ मा २४, वडा नं २ मा ७८, वडा नं ३ मा १०, वडा नं ४ मा ६९, वडा नं ५ का ३२, वडा नं ६ मा ५०, वडा नं ७ मा २०, वडा नं ८ मा २५, वडा नं ९ मा ६५, वडा नं १० मा ४३, वडा नं ११ मा ३४, वडा नं १२ मा ०, वडा नं १३ मा ३०, वडा नं १४ मा ५१, वडा नं १५ मा ०, वडा नं १६ मा ० र वडा नं १७ मा २७ जना महिला र पुरुष बेरोजगारी रहेका छन् ।

नगरपालिका भित्र संचालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाहरुले रोजगार पाएका हुन् । आर्थिक बर्ष २०७८÷०७९ को साउन देखि बैशाख सम्ममा १ सय ७० जना युवाहरुले रोजगार पाएको देवचुली नगरपालिका रोजगार शाखा संयोजक अनिता ज्ञवालीले जानकारी दिनुभयो । तीमध्ये मापदण्ड पुगेका नागरिकले रोजगार पाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल १७ वटा वडामा योजनाहरु परेको छ । जसमा १, २ र ५ गरि ३ वटा वडामा योजना सम्पन्न भएका छन भने अन्य बाँकी वडामा काम भइरहेको बताइएको छ । रोजगार पाएकाहरुले सिँढी बाटो, मोटरबाटो सोलिङ, नयाँ बाटो खोल्ने र नाली निर्माणको काम गरेका छन् । एक जनाले दैनिक ५ सय ७७ रूपियाँका दरले पारिश्रमिक पाउँछन् । कार्यक्रमका लागि देवचुली नगरपालिकामा कुल बजेट ६२ लाख ८० हजार रुपैयाँ आएको छ । रोजगार शाखा संयोजक ज्ञवालीले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीको अवसर सिर्जना गरे पनि देवचुलीमा खासै प्रभावकारी नरहेको बताउनुभएको छ । बेरोजगारी युवाहरुले यस कार्य प्रति चासो नदिँदा कार्यक्रम प्रभावकारी नरहेको बताउनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search