आईपीएलमा आज राजस्थान र कोलकाता भिड्दै

काठमाडौं– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ। मुम्बईमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।

५ खेल खेल्दा ३ मा जित र २ मा हार व्यहोरेको राजस्थान ६ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ। त्यस्तै ६ खेल खेल्दा ३ मा जित र ३ मा हार व्यहोरेको कोलकाता ६ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ। हेड टु हेड हेर्ने हो भने यी दुई टिम आईपीएलमा एकआपसमा २५ पटक खेलिसकेका छन्। जसमा कोलकाताले १३ र राजस्थानले ११ पटक जितेको छ। कोलकाताको कप्तानी श्रेयस ऐयरयरले गर्दै छन् भने राजस्थानको सन्जु सामसनले।

गुजरात टाइटन्स ६ खेलमा १० अंक जोड्दै आईपीएल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search