काङ्ग्रेस सामाजिक सञ्जाल प्रचार प्रसार उपसमितिमा चापागाई नियुक्त

कावासोती । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार–प्रसार अभियानलाई व्यापक बनाउन सामाजिक सञ्जाल प्रचार प्रसार उपसमिति थप गरेको छ ।

केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको सयोजकत्वमा सामाजिक सञ्जाल प्रचार प्रसार उपसमिति गठन थप गरेको हो । कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतको सभापतित्वमा बसेको समितिको बैठकले सामाजिक सञ्जाल मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार गर्न सो उपसमिति गठन गरेको जनाएको छ ।

युवाहरुलाई समावेश गरेर बनाइएको यो समितिको सदस्यमा नवलपुरका महेन्द्र चापागाई पनि मनोनीत भएका छन् । वैशाख ४ गते आईतबार मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरिएको विज्ञप्तिमा चापागाईलाई मनोनीत गरिएको उल्लेख छ । चापागाईले दिइएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने भन्दै पार्टीले महत्त्वपूर्ण जिम्मेवारी दिएकोप्रति आभार प्रकट गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search