फास्ट ट्रयाकको ६ अर्ब भ्रष्टाचारमा मुछिए प्रधानमन्त्री ओली

काठमाडौैं । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री के.पी. शर्मा ओली फेरि ६ अर्ब रुपैयाको भ्रष्टाचारमा मुछिएका छन्। नेपाली सेनाले निर्माणको जिम्मा लिएको फाष्ट ट्रयाकको एउटै ठेक्काको लागत मूल्यमा नै ६ अर्बभन्दा बढी रकम खान खोजेको पाइएपछि उनी यसमा मुछिएका हुन्।

नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं तराई मधेश द्रुतमार्गको धेद्रेखोलादेखि लानेडाँडासम्मको ४ किलोमिटर ६ सय २१ मिटर खण्डमा पर्ने सुरुङ, उचाइका पुल र एक्सप्रेस सडक निर्माणको ठेक्का यति ठूलो रकम घोटाला हुन गएको हो।

यसरी भयो छताछुल्ल
नेपाली सेनाले यही बैशाख १२ गते एक सूचना प्रकाशित गरी उसको नेतृत्वमा निर्माण भैरहेको फाष्ट ट्रयाकको सुरुङ र उचाइका पुलहरु निर्माणका लागि गरिएको टेण्डरका विजेताहरुलाई ठेक्का पुरस्कृत गर्ने आसयको सूचना (नोटिस अफ लेटर अफ इन्टेन्ट, एलओआई) जारी गरेको छ।

सूचनामा जनाइएअनुसार छोक्रेडाँडादेखि धेद्रेखोलासम्मको ४ किलोमिटर ३ सय ४५ मिटर खण्डमा जोडा र डबल लेनयुक्त स्तरीय एक्सप्रेस–वे, सुरुङ र उचाइका पुलहरुको योजना तर्जुमा, संरचना रेखांकन, इञ्जिनियरिड., प्रोक्युरमेण्ट (खरिद), निर्माण र सुरुआती सञ्चालन गर्ने कामको लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड चीनले दिएको प्रस्ताव न्यूनतम् मूल्यांकित र सारभूत रुपमा प्रभावग्राही रहेको छ।

उसले सो कार्य मूल्य अभिबृद्धिबाहेक १५ करोड,६१लाख ४२ हजार ५ सय डलरमा गर्न प्रस्ताव गरेको थियो। हालको डलरको मूल्य ११९ रुपैया ३५ पैसाको हिसाब गर्दा मूल्य अभिबृद्धि करबाहेक उसको प्रस्तावित मूल्य नेपाली रुपैयामा १८ अर्ब ६३ करोड ५६ लाख ७ हजार ५ सय ७५ हुन्छ।

यसमा मूल्य अभिबृद्धि कर १३ प्रतिशतले हुन आउने २ अर्ब ४२ करोड २६ लाख २८ हजार ९ सय ५८ रुपैया ७५ पैसा थप गर्दा यो ठेक्काको कूल लागत रकम २१ अर्ब ५ करोड ८२ लाख ३६ हजार ५ सय ३३ रुपैया ७५ पैसा हुन आउँछ।

यता नेपाली सेनाले धेद्रेखोलादेखि लानेडाँडासम्मको ४ किलोमिटर ६ सय २१ मिटर खण्डमा जोडीका दुई लेन युक्त लेनयुक्त स्तरीय एक्सप्रेस–वे सुरुड. र उचाइका पुलहरुको योजना तर्जुमा, संरचना रेखांकन, इञ्जिनियरिङ, प्रोक्युरमेण्ट (खरिद), निर्माण र सुरुआती सञ्चालन गर्ने कामका लागि पोलिच्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेड चीनले दिएको आर्थिक प्रस्ताव न्यूनतम् मूल्यांकित र सारभूत रुपमा प्रभावग्राही रहेकोले ठेक्का दिने आशय व्यक्त गरेको सूचना दिएको छ।

रोचक कुरा के छ भने पोलिच्याङ्दा कम्पनीले सो काम मूल्य अभिबृद्धि करबाहेका २० करोड ८५ लाख ७६ हजार ९ सय ३१ डलर ७० सेन्टमा गर्ने प्रस्ताव गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search