चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाऔंः बाबुराम भट्टराई

काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा .बाबुराम भट्टराईले चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउनुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान भएको भन्दै चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउनुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं । पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौंः तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका चुनावी खर्च राज्यले बेहोर्ने !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search