सुरेश भट्ट आश्रिन
पर्वत समाज कतारले बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
समाजले २६ अप्रैल २०२४ मा स्थापना गरेको अक्षयकोषको दीर्घकालीन योजनालाई थप मजबुत र चिरस्थायी बनाउन नेपालबाट चर्चित लोकदोहोरी गायिका प्रतिभा चापागाईं दोहा आउने भएकी हुन् । साथमा कतारमा रहेका स्थानीय कलाकारहरुको धमकेदार प्रस्तुति रहने पर्वत समाज कतारका वर्तमान अध्यक्ष रघु शर्माले जानकारी दिएक छन् ।
“मानविय कार्यमा हजुर हामीको साथ,
अक्षयकोषको स्थापना दीर्घकालीन परियोजना” भन्ने मुख्य उद्देश्यका साथ पर्वत समाज कतारको संरक्षकत्वमा रहेको बहुउद्देश्यीय अक्षयकोष संस्थाले कर्मभुमी कतार र जिल्लामा भई परी आउने हरेक समस्याहरुको दिगो समाधान गर्ने उद्देश्यले बहुउद्देश्यीय कोष निर्माणार्थ सॉस्कृतिक कार्यक्रम आयोजना गरी रकम सङ्कलनमा थप वृद्धि विकास गर्ने लक्ष्य राखेको छ ।
बहुउद्देश्यीय अक्षयकोष स्थापनाले जिल्लाका हरेक दुख सुखमा संस्थाको उपस्थिति सहित सामाजिक संस्थाको दायित्व तथा कर्तव्य बुझाउने बिश्वास लिएको छ । संस्थाले बहुउद्देश्यीय अक्षयकोष “प्रथम अधिवेशन” तथा विविध सांस्कृतिक कार्यक्रमको संयोजकमा छविलाल भट्टराईलाई कार्यभार दिएको छ ।
आगामी शुक्रबार १३ सेप्टेम्बर २०२४ का दिन सनैया स्थित लालिगुँरास रेस्टुरेन्टको सभाहलमा प्रथम बहुउद्देश्यीय अक्षयकोषको अधिवेशन पश्चात् कोषले पुर्ण कार्यकारी समिती प्राप्त गर्नेछ ।