धादिङ बस दुर्घटना ८ को घटनास्थमै मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

धादिङ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै ८ जना घाइतेको उद्धार गरिएको छ ।

ad
ad

 

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ८ जनाको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । अन्यको खोजी कार्य जारी रहेको बताउनुभयो । ८ जनाको शव फेला परेको जनाउँदै उहाँले ८ जना घाइतेको उद्धार गरेर स्थानीय अस्पतालहरुमा पठाइएको र अन्यको खोजी कार्य जारी रहेको बताउनुभयो ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिनुभयो ।

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...