दोहा । गैरआवासीय नेपाली संघको दशौं महाधिवेशनपछि विभाजित भएका गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको एकताको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोहबरमा एकता सहमती पत्रमा हस्ताक्षर भएको संझौतापत्रको मसी सुक्न नपाउँदै बद्रि केसी नेतृत्वको (NRNA) बलमिच्याईका कारण एकता प्रक्रिया लगभग समाप्त भएको विनोद कुँवर नेतृत्वको NRNA ले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
विनोद कुँवर अध्यक्ष रहेको NRNA ले असहमति, असंगति र विधान विपरीतको कार्यलाई छोडेर संस्थाको मर्मअनुकूल वार्तालाप लागि वार्ताको ढोका खुल्ला राख्दै आफू माताहातको NRNA-NCC लाई अघी बढ्न निर्देशन दिएको थियो । जसअन्तर्गत कतारमा रहेको बद्रि केसी नेतृत्वको NCC लाई सुरेश भट्ट नेतृत्वको NCC लाई गत महिना जुलाई ८ तारिखमा एक पत्र लेखेर वार्ताका लागि आह्वान गरेको थियो । तर उक्त समयमा मुक्तदा समूहले एकता, सहकार्य र समझदारी लाई कुनै चासो नदेखाउँदा वार्ता प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
गत जुलाईमा भएको अर्कोपक्षको निर्वाचन पश्चात् निर्वाचित रमेश भट्टले आफ्नो चुनावी घोषणापत्रमा सुरेश भट्ट पक्षसँग एकता गराउने प्रमुख एजेण्डा सार्वजनिक गरेको थिए। भट्ट निर्वाचित भएलगत्तै शपथग्रहणकै क्रममा एकता प्रक्रिया अघी बढाउन आफूले अघी सारेको प्रधान एजेण्डा “एकता संकल्प प्रस्ताव” अनुसार सुरेश भट्टले वार्ताका लागि आह्वान गरेको पत्रको ७ अगस्ट औपचारिक पत्रचार गर्दै वार्ताटोलीको नामावली सहित ढोका खोलेका थिए । श्रोतका अनुसार नवनिर्वाचित प्रथम उपाध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा रहेको वार्ताटोलीले समानान्तररुपमा रहेको एनसीसीको वार्ता समितिसँग समन्वय गर्दै शनिबार राति पहिलो चरणमा वार्ताको टेबुलमा बसेको बुझिएको छ ।
सुरेश भट्टको एनसीसीले महिला उपाध्यक्ष मञ्जु खनालको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता समिति संयोजक खनालका अनुसार वार्तामा प्रक्रियागत कुराहरुका बारेमा छलफल भएको छ । अर्को पक्षबाट केही पदहरुको मागसहित प्रकियागत कुराहरुका बारेमा छलफल भएको र अब सचिवालयमा आवश्यक छलफल गरी पुन: दोस्रो चरणको वार्तामा बस्ने टोलीका संयोजक मन्जु खनालले जानकारी दिए।