दुर्घटना न्यूनीकरणका लागि गैंडाकोट देखि दाउन्ने सम्मको ६८ कि.मि सडक अनुगमन

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

ईन्सिका पान्डे, कावासोती । पुर्वी नवलपरासी ( ब.सु.पु) जिल्ला प्रहरी कार्यालय नवलपुरको मातहतमा दुर्घटना न्यूनीकरणका लागि गैंडाकोट देखि दाउन्ने सम्मको ६८ कि.मि सडक अनुगमन भएको छ । शनिवार जिल्ला प्रहरी कार्यालय नवलपरी (बर्दघाट सुस्ता पूर्व) मातहतमा ईलाका प्रहरी कार्यालय गैडाकोट देखी प्रहरी चौकी दाउन्ने सम्मका सडक अनुगमन भएको हो । अनुगमनमा हाइवे युनिट प्रमुख, ट्राफिक प्रमुख, सडक डिभिजन कार्यालयको टोली, नेपाल विधुत प्राधिकरणको टोली, नारायणगढ बुटवल कन्सलटेन आयोजनाको टोली र चाइना कन्सट्रक्सन सहितको सयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्ला नवलपरासी(बर्दघाट सुस्ता पूर्व) गैडाकोट न.पा. वडा नं. २ स्थित पुलको मुखबाट बिनयी त्रिबेणी गा.पा. वडा नं.२ स्थित दाउन्ने सम्मको पूर्व पश्चिम राजमार्गमा धुलोको अवस्था हेरि पानि हाल्ने व्यवस्था गर्ने , खाल्डा खुल्डी परेको स्थानमा पुर्ने, डाइभर्सनको अवस्था मनन गर्दै त्यसको सुधारात्मक कार्यमा लैजाने, सडकको छेउछाउमा रहेका साइन वोर्ड र विजुलीको तारहरुको व्यवस्थापन गर्ने टोलिले जानकारी गरायो । हुन सक्ने सम्भावित दुर्घटनाहरुलाई न्यूनिकरण गर्ने उदेश्यले यस जिल्लाको गैडाकोट देखी दाउन्ने सम्मको ६८ कि.मि राजमार्गमा अनुगमन कार्य आज सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...