हुप्सेकोट गाउँपालिकाका भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

ईन्सिका पाण्डे
। नवलपुरको हुप्सेकोट गाउँपालिकाका १ सय ५ जना भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ ।

शनिबारराष्ट्रिय भूमि आयोग नवलपुरले हुप्सेकोटमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले गाउँपालिकाको वडा नं २ मा रहेका ५६ जना भूमिहिन दलित र ४९ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी हुन ।

जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भूमिको समुचित उपयोग गरी उत्पादन वृद्धि तर्फ ध्यान दिनुपर्ने बताईन । संविधानले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री चौधरीले भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई भूमि माथीको पहुँच पुर्‍याउने कार्य तीन तहका सरकारको साझा सुचिमा समावेश भएको बताईन ।

भूमि अधिकारबाट कुनै पनि नागरिकलाई बञ्चित नगर्ने संवैधानिक व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न हरेक परिवारलाई बसोबासका लागि जग्गा उपलब्ध गराउनु राज्यको मुख्य दायित्व रहेको र यो दायित्व पूरा गर्न सरकार सदैव संवदनशिल भएको समेत बताउँदै मन्त्री चौधरीले आजको आफ्नो उपस्थिति पनि यही दायित्व पुरा गर्ने सरकारको प्रतिबद्धताको रूपमा बुझिदिन समेत आग्रह गरेकी हुन ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवि पाण्डेले वडा नम्बर २ बाट सुरु भएको पुर्जा बितरणको काम सबै वडामा सुरु गरिने जानकारी दिईन । अध्यक्ष पाण्डेको अध्यक्षतामा कार्य कार्यक्रम समापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...