भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने मेयर बालेन को चेतावनी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

ईन्सिका पाण्डे, काठमाडौं ।
काठमाडौं‌ महानगरपालिकाले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ।

‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगर स्रोतले जानकारी दियो।

काठमाडौंका मेयर बालेन शाहले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए।

‘तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट हटाइएको छैन,’ स्रोतले भन्यो, ‘आज सबै हलहरूमा नगर प्रहरीहरूले भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गर्नेछ।’

यस्तै, बालेनले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...