हुप्सेकोट गाउँपालिका अध्यक्षका छोरा नै फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठग्दै

नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेका छोरा रमेशले फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठगी गरेको पाइएको छ । विद्यार्थी भिसामा बोलाएर पछि वर्किङ भिसामा काम दिलाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको पाइएको हो ।
एनआरएन नेशनल कोअर्डिनेसन काउन्सिल फिनल्याण्डले सचेत रहन भन्दै उनको बारेमा सूचना नै जारी गरेको छ । पाण्डेका छोरा रमेश फिनल्याण्डमा बस्दै आएका छन् । त्यहीँ बसेर उनले नेपालबाट विद्यार्थीहरूलाई फिनल्याण्ड लैजाने गरेका छन् ।
जबकि विदेशमा पढ्नका लागि कन्सल्टेन्सीमार्फत मात्र जान पाइन्छ । गैर कानुनी रूपमा नेपालीहरूलाई फिनल्याण्ड बोलाउने र उनीहरू वर्किङ भिसाको प्रलोभन देखाएर ठगी गर्ने गरेको पाइएको हो ।

यो समाचार रातो पाटिमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search