चुनावी मत परिणामले विद्रोह र समाधानको संकेत गर्छ प्रचण्ड,ओलि र माधवले पार्टी अध्यक्षबाट नैतिकताको आधारमा राजिनामा दिनु पर्छ ।

अहिलेको चुनावी मतपरिणामले दूई संकेत गरेको छ । त्यो “विद्रोह र समाधान” हो । साँच्चिकै यथार्थमा नागरिकले ब्यालेटबाट दिगो राजनीतिक स्थाईत्वका लागी समाधान खोजेका हुन् भने त्यो अपुरो अधुरो समाधान भयो । एउटा शक्तिलाई सरकार निर्माण गर्ने स्पष्ट जनमत प्राप्त नहुँदा मिलीभगत राज्यदोहन गर्ने उहि परम्परा दोहोरिन्छ, दोहोरियो । तर एउटा समाधानको संकेत गर्‍यो भने- नैतिक मूल्यको कसिमा उभिएर हेर्दा आधुनिक सभ्य लाेकतान्त्रिक मुलुकका नेताहरूले भए यतिखेरसम्म ओली, प्रचण्ड, माधव र उपेन्द्रले आआफ्नाे पार्टीकाे अध्यक्षबाट ” नैतिकता” का आधारमा राजिनामा दिई सक्नु पर्ने हाे। किनभने पार्टी प्रमुख नेताहरूको पराजय हुनु वा उनिहरू प्रति जनताको विकर्षण हुनु भनेको सिङ्गो पार्टीनेतृत्वको नेतृत्वमा प्रश्नचिह्न खडा हुनु हो । पार्टी अध्यक्ष असफल हुनू हो । यसकारण उनिहरूले नैतिकता” को आधारमा राजीनामा दिदाँ नयाँ नेतृत्व आउने र पार्टीको नीति, विचार र दर्शनले पार्टीलाई पुनर्जीवित गर्ने हुँदा यसलाई समाधानको एक दृष्टीकोणबाट हेरिन्छ, हेर्न सकिन्छ ।

दोस्रो-विद्रोह:- यदि यथास्थितिवादी (गठबन्धन गर्ने सत्ताको रश्वस्वादन गर्ने र देशको बागडोर समाल्ने जनताको आधारभूत आवश्यकता समेत पुरा नगर्ने ) शक्तिका विरुद्ध “विद्रोह” थियो भने त्यो केही हदसम्म ठीक सावित त भयो। तर बा, दाई र सुप्रीमोहरू पुनः अनुमोदित हुँदा समुचित रिजल्ट निकाल्न सकेन । तर विद्रोहको चिङ्गारीले क्यापिटल सिटीहरूमा पुराना नेताहरूको कार्यशैली प्रति असन्तुष्टिको मत प्रदान गरी राजनीतिक रूपमा नयाँ टेस्टेड हुन चाहेका युवाहरूलाई स्थान दियो । यसलाई पनी सकारात्मक राजनीतिक विद्रोहको रूपमा हेर्न सकिन्छ । लेखक सुरेश भट्ट आश्रीनको फेसबुक वालबाट साभार । २०७९ मंसिर १० गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search