हर्क साम्पाङले गरे काठमाडौंमा अवैध संरचना भत्काउने अभियानको विरोध

भाद्र ९, नवलपुर । मेयर बालेन शाहले बुधबार मात्र काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएका छन्। उनले यो अभियान जारी रहने पनि जनाएका छन्।

केही दिनयता सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले काठमाडौं महानगरको मेयर शाहको आलोचना गर्दैआएका छन् यसपटक पनि बालेनबिरुद्ध साम्पाङले वैकल्पिक व्यवस्था नगरी त्यसरी विस्थापन गर्न नहुने तर्क प्रस्तुत गरेका छन्।

उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन। सबैको बाँच्ने अधिकार हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search