रजहर जेसिज द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

­देवचुली । देवचुलीको रजहरमा रजहर जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । देवचुली नगरपालिका वडा न.४ का वडाध्यक्ष गिर बहादुर थापा (राम) को प्रमुख अतित्थ्यतामा रजहर जेसिजले बृक्षारोपण कार्यक्रम सम्मन्न गरेको हो । उक्त कार्यक्रममा अमर ज्योति सामुदायिक वनका अध्यक्ष, वडा न.४ का वडा जनप्रतिनिधिहरु विशेष अतिथि को रुपमा रहनुभएको थियो भने अतिथिमा यसै वडाभित्रका नवनिर्मित टोल बिकास समिति का अध्यक्षको पनि उपस्थिति रहेको थियो। रजहर जेसिज द्वारा बार्षिक कार्ययोजना अनुरुप – बालबालिका केन्द्रित अन्तर्गत ( नगर स्तरिय वक्ततृत्वकला ,ट्राफिक सचेतना) , सेवाको भाव अनुरुप (बिपन्न छात्रबृत्ति बितरण , अपाङ्ग अनाथ बालबालिका लाई भोजन कार्यक्रम ) , समाजमा सचेतकको भुमिकामा : जनप्रतिनिधि ज्यू हरु बिच ककस कार्यक्रम र निर्वाचन पश्चात् बधाइ सम्मान कार्यक्रम गर्दै वातावरण र पर्यायवरणमा मा पनि हाम्रो चासो हुनु पर्ने अहम ध्यानाकर्षण सहित ( स्वस्थ जिवनका लागि स्वच्छ वातावरण र स्वच्छ वातावरणका लागि वृक्षारोपण ) भन्ने मुलनारा सहित आज सोमबार देवचुली ४ को भञ्ज्याङ चौतारा मन्दिर पिक्निक स्पोर्ट्स परिसरमा बिभिन्न प्रजातिका फलफुलका बिरुवाहरु लगाएर बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो। जेसिजका सबै पदाधिकारीहरुले आफ्नै हातले बिरुवा लगाएर समाजलाई पनि बिरुवालाई जस्तै सेवा दिँदै हुर्काउने प्रण गरेका थिए । जेसिजका अध्यक्ष लोहनीले कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा आफुले बाचागरेका र समाजमा भईआएका सबैखाले सकारात्मक कार्यको निमित्त अघिबढ्ने बताउदै कार्यक्रममा सहभागी रहने सबैलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रमको लागि बिरुवा सौजन्य भने देवचुली नगरपालिकाको कृषि विकास शाखाले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search