विप्लवले सरकारविरुद्ध जेठ २५ देखि देशव्यापी रुपमा आन्दोलन गर्ने

काठमाडौंः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले जनजीविकाका सवालमा सरकार गम्भीर नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिएका छन्।

नेकपाले जेठ २५ गते राजमार्ग, काठमाडौं उपत्यका र देशव्यापी किसान विरोध प्रदर्शन, जेठ २७ गते अमेरिकी हस्तक्षेप विरुख देशव्यापी विरोध प्रदर्शन,  जेठ ३० गते एमसीसी कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घरोउ, असार २ गते राजवन्दी रिहाईको पक्षमा देशव्यापी मशाल जुलुस, असार ५ गते चर्को महंगी र भाडावृद्धि विरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, जनअधिकार र जनजीविकाको दृष्टिले नेपाली जनता ईतिहासमै चरम संकटको अवस्थाबाट गुज्रिरहेका छन । हाम्रो देशमाथी अमेरिकी साम्राज्यवादी हस्तक्षेप तिव्र भैराखेको छ । अमेरिकी उप विदेशमन्त्री अजरा जियाको नेपाल स्थित तिव्वतियन शरणार्थी शिविरको भ्रमणले उक्त कुराको पछिल्लो पुष्टि गर्दछ । दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि, यातायात क्षेत्रमा गरिएको भाडा वृद्धि र असारमा किसानले मल विउ नपाउने अवस्थाले जनजीवन झन पछि झन चल्नै नसक्ने अवस्थामा पुग्दैछ । उपरोक्त तथ्यले देशको अर्थतन्त्र टाट उल्टिदै गरेको प्रमाणित गर्दछ । नागरिकको हत्या, महिला हिंसा र सामाजिक असुरक्षाको आतंक दिन प्रतिदिन वढ्दो अवस्थामा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search