नवलपुुर हुप्सेकोट: दुर्घटनामा एक जनाको निधन

नवलपुर । पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ जवडाँडा स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउदैँ गरेको लु १ ज २२७२ नंं. को बलेरो जिपको ठक्करबाट स्थानीय २६ बर्षीय महेन्द्र ढेँगा मगरको मृत्यु भएको हो ।

बलेरोको ठक्करबाट घाईते भई उपचारको लागि भरतपुर सरकारी अस्पताल, चितवनमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा निजलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी गैडाकोट नगरपालिका १४ भेलेन्टाडी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण (भेलेन्टाडीबाट अमरापुरी) तर्फ आउदैँ गरेको मोटरसाइकलको ठक्करबाट गैडाकोट १४ निवासी पैदलयात्री ५१ बर्षीय सोमबहादुर ठकुरी घाइते भएका छन् ।

उनको टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको पहिचान नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search