चितवन, वैशाख १६ । सत्तारुढ पाँच दलीय गठबन्धनको निर्वाचन प्रचार कार्यालय रहेको भरतपुर १० चितवन मा.वि अगाडि तीन दिन अघिसम्म नाली निर्माणका लागि खाल्डो थियो । ६ लेन सडक विस्तारका लागि नाली खन्ने काम भइरहेको छ ।
तर, ठेकेदारले रातारात नाली खनिएको ठाउँमा ढलान गरे । ढलान मात्र भएन, ढलानमा स्ल्याब समेत राखियो । कार्यालय अगाडि आवागमन सहजताका लागि रातारात काम गरेर गठबन्धनलाई गुन लगाएको ठेकदार अन्य क्षेत्रमा खनिएको खाल्डो पुर्न भने बेवास्ता गरिरहेको छ ।
घर तथा पसल अगाडि सडक निर्माण अलपत्र हुँदा दुई वर्षदेखि व्यवसायी र स्थानीय समस्यामा छन् । ठेकदारको लापरबाहीको कारण एक गैँडा खाल्डोमा परेर मरेको थियो । गत हप्ता एक जना व्यक्ति स्कुटर सहित खाल्डोमा खसेका थिए । उक्त सडक विस्तारको काम ०७७ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
Post Views: 187