उम्मेदवारी फिर्ता लिने समय आज ५ बजे सम्म, आजै बेलुका अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौं : वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा आज बेलका ५ बजेसम्ममा फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका थिए।

वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

आजै ५ बजेपछि अन्तिम नामावली प्रकाशन गर्ने तयारीसमेत निर्वाचन आयोगले गरेको छ। विभिन्न दलमा परेका वागी उम्मेदवारलाई सम्बन्धित दलका नेताहरुले उम्मेदवारी फिर्ता लिनसमेत अपिल गरेका छन्।

सबैभन्दा बढी किचलो नेपाली कांग्रेसमा देखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति नै जारी गरी गठबन्धनविरुद्ध परेका वागी तथा स्वतन्त्र उम्मेदवारलाई आज ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search