कावासोती १० वडा कमिटिको जेष्ठ नागरिकलाई फलफुल वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

नवलपुर , कावासोती। ९ बैशाख, आज नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस । नेपालमा कम्युनिस्ट आन्दोलनको संगठनात्मक सुरुआत भएको दिनको स्मरणमा  कावासोती १० वडा कमिटिले जेष्ठ नागरिक सम्मान तथा फलफुल बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

७४ औं स्थापना दिवसको अवसरमा कावासोती वडा नम्बर १० मा रहेका ८० बर्ष माथिका २३ जेष्ठ नागरिकहरुलाई फलफुल र खादाले सम्मान गरिएको हो ।

वडा कमिटीका अध्यक्ष टेक नारायण महतोको सभाध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नगर ईन्चार सीता पंगेनी, अनेम प्रदेश कमिटी सदस्य रिमा गुरौ,अनेम जिल्ला कमिटी सदस्य शकुन्तला लम्साल, नगर कमिटी सदस्य सुर्य प्रसाद पंगेनी , अर्जुन पंगेनी, खुम बहादुर अर्याल,जिल्ला युवा संघ कमिटी सदस्य केशब सुनुवार र बिमल अधिकारि लगायतको उपस्थित रहेको थियो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search